गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु
पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला हामी सबैलाई तैले बाबु
सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु
बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
अब त साँच्चै भुलिस् आउने बाटो खोजौ कहाँ
('निष्प्रभ सजी')
नेपाल आमाको पूर्व क्षेत्रको एउटा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला जसलाई हामी सबैले एक पटक घुम्नै पर्ने ठाउँ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment