यस ब्ल्गमा आफ्नो लेख, रचना र यस जिल्लासँग सम्बन्धित तस्विर तथा महत्वपूर्ण जानकारीहरु प्रकाशन गराउँन चाहनुहुन्छ भने

dipchand125@gmail.com


मा ईमेल पठाइदिनु होला ।

साथै यो ब्ल्ग सञ्चालन गर्न सहयोगको
लागि
Google Ads मा Click गरिदिनु होल
। धन्यबाद
।।।।।।



 

नेपाल आमाको पूर्व क्षेत्रको एउटा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला जसलाई हामी सबैले एक पटक घुम्नै पर्ने ठाउँ ।

Monday, November 30, 2009

लेख्नलाई मनमा चोट पर्नै पर्छ भन्ने छैन

लेख्नलाई मनमा चोट पर्नै पर्छ भन्ने छैन
मायाँ आँक्न चन्द्रमा त झर्नै पर्छ भन्ने छैन

मदिराको हैन नशा नयनतालमा झ्वाम्म डुब्दा
मन यो जल्यो शितल बर्षा छर्नै पर्छ भन्ने छैन

ऋषि चित्त धर्मराउछ आलिङ्गनको बल्छी खस्दा
पल भरमै स्वर्ग मिल्छ मर्नै पर्छ भन्ने छैन

आश्थाका गजूरहरु चूलिएर आकाश चड्दा
माया जित्न "सुमेरु पर्बत" तर्नै पर्छ भन्ने छैन

मूरली बज्यो बृन्दावनमा राधाहरु लठ्ठ पर्दा
आलोकलाई अन्धकारले हर्नै पर्छ भन्ने छैन

आलोक चालिसे

No comments:

Post a Comment